दुर्घटना

विमान दुर्घटनापछि भिनाजु र सालोमाथि प्रश्नचिन्ह

सौर्य एअरलाइन्सको गत साता भएको विमान दुर्घटनाको तथ्य पत्ता लगाउन गठित छानबिन समिति विवादमा तानिएको छ । मर्मतका लागि गत बुधबार काठमाडौंबाट पोखरा जान लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनाग्रस्त हुँदा १८ जनाको निधन भएको थियो । सरकारले सोही दिन गठन गरेको पाँच सदस्यीय छानबिन समितिको संयोजकमा रतिशचन्द्र लाल सुमनलाई राखिएको छ । उनी नागरिक उड्डयन प्राधिकरण (क्यान) का भूतपूर्व महानिर्देशक हुन् । त्यसअघि विमानस्थलमा पटक पटक डिजिएम र जिएमको भूमिकामा थिए ।…

Page 11 of 98