मेलम्चीमा बस पल्ट्यो, यात्रु सबै घाइते
सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । तीपेनीबाट आउँदै गरेको बागमती प्रदेश ३–०१–००५ख ९९७६ नम्बरको यात्रुवाहक बस मेलम्ची नजिकै पल्टेको बताइन्छ ।
बसमा रहेका सबै सातै जना यात्रु घाइते भएका छन् । चालक महेश्वर ढकालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हरूको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
अन्य घाइतेमा अनिल भण्डारी, सुस्मित…