चोरीको पैसामा मोज गर्ने भिक्षुणी जेल चलान
अमेरिकामा जुवा खेलमा सहयोग गर्ने र खर्चालु ढंगले बिदा मनाउन ८ लाख डलर रकम चोरी गर्ने एक बृद्ध भिक्षुणीलाई जेल सजाय तोकिएको छ । क्यालिफोर्नियाकी ८० वर्षीया म्यारी मार्गरेट क्रिउपरलाई त्यहाँको अदालतले सो सजाय सुनाएको हो ।
क्रिउपरले ६ दशकअघि गरिबको जीवनप्रति समर्पण गर्ने कसम खाएकी थिइन् । तर, लस ऐन्जल्सस्थित रोमन क्याथोलिक प्राथमिक विद्यालयको प्राध्यापकको रुपमा उनले ८ लाख ३५ हजार डलर लस भेगासमा जुवा खेल्न जुटाएको अदालतले फैसला गरेको छ ।
सो रकमबाटै उनले लेक टाहोइलगायतका महंग…