हर्क साम्पाङ्गलाई अगाडि राखेर स्वतन्त्रहरुको गठबन्धन
आसन्न स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिको मेयरका दुई स्वतन्त्र उम्मेदवारबीच गठबन्धन भएको छ ।
धरान उपमहानगरका मेयर हर्कराज साम्पाङ्ग राईलाई अगाडि राखेर स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठ र राजमान महर्जनले मिलेर जाने सहमति गरेका हुन् । जसअनुसार नरेशले आफ्नो उम्मेदवारी निस्क्रिय गर्दै राजमानलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
आज बिहान पाँगामा आयोजित चुनावी कार्यक्रममा उनले राजमानलाई भोट दिन आग्रह गरे । धरानका मेयर हर्कराज स्वतन्त्रहरुलाई मिलाउने भन्दै हिजै काठमाडौँ आ…