शक्ति प्रदर्शनमा केन्द्रित दलहरुद्वारा ‘कोभन्दा को कम’ को शैली अनुशरण
अस्थिर राजनीतिबाट दिक्क भएका सर्वसाधारणलाई कसरी आशाको प्रत्याभूति दिलाउने ? यसतर्फ राजनीतिक दलहरुले चासो दिएको देखिँदैन । तर कार्यकर्ता सडकमा ओरालेर शक्ति प्रदर्शनको प्रतिस्पर्धा गर्न उनीहरु तम्तयार छन् ।
सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले आगामी मंसिर ७ गते काठमाडौँमा बृहत प्रदर्शन गर्दैछ । बागमती प्रदेश कमिटीको आयोजनामा हुन लागेको प्रदर्शनलाई जागरण सभाको नाम दिइएको छ ।
प्रदेश इन्चार्ज डा. राजन भट्टराईले एक लाख कार्यकर्ता सडकमा ओर्लिने दाबी गरेका छन् । …