‘पूर्णबहादुरको सारङ्गी’ मा रुवाबासी, ‘टोपबहादुरको सारङ्गी’मा सबै खुशी
महान दार्शनिक हेनरी डेभिड थोरोले भनेका थिए, ‘बालबालिकाले प्रत्यक्ष अवलोकनबाट जे सिक्छन्, त्यो कक्षाकोठाको बेञ्च र बोर्डबाट सिक्दैनन् ।’ अर्थात, सकेसम्म बालबालिकाहरुलाई प्रयोगात्मक ढंगबाट शिक्षण गर्नु/गराउनुपर्ने उनको आशय हो ।
यतिखेर नेपाली सिनेमा हलहरुमा तहल्का मच्चाइरहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले ठूला दर्शकलाई मात्र होइन बालबालिकामा पनि सकारात्मक प्रभाव पारेको देखिन्छ । हालसम्म ३७ करोड रुपैयाँ उठाइसकेको यस चलचित्रको चर्चाले खासगरी सार…