झापा एमालेमा झन् ठूलो झमेला
‘खोलो तरेपछि लौरो बिर्सने’ टुक्कालाई सम्झाउने गरी अध्यक्ष केपी ओलीले व्यवहार गरेपछि पार्टी स्थापनाकालदेखि योगदान पुर्याउँदै आएका झापाली वामपन्थी नेता तथा कार्यकर्ता गुमनाम र दुरुह जीवन जिउन बाध्य भएका छन् । झापा संघर्षको जगमा उभिएको अहिलेको नेकपा (एमाले) भित्र झापा आन्दोलनमा संलग्न एकाध नेता–कार्यकर्ताबाहेक अधिकांश पाखा लगाइएका छन् ।
अध्यक्ष ओलीको पेलान खाई खाई एमालेमै बस्नेहरूको एक नम्बरमा नरेश खरेलको नाम लिइन्छ । एउटै प्रकरण र आरोपमा अध्यक्…