भद्रगोलको कुनै सीमा भए पो !
बाबु प्रहरी परिचालनसम्बन्धी मन्त्रालय चलाउँछन्, सैनिकका विषयमा पढेका मान्छेलाई सल्लाहकार बनाएर । छोरा डुल्छन्, प्रहरीले थुन्नुपर्ने कसुरदारलाई दायाँबायाँ लगाएर ।
सरकारी सिन्दुर पहिरिएका प्रहरीलाई घरेलु कामदारको रूपमा राख्ने क्रम अन्त्य गर्छु भनेर बहालिलगत्तै उद्घोष गर्ने गृहमन्त्री रामबहादुर थापाको मन्त्रालयले हालै प्रहरी प्रधान कार्यालयलाई एउटा पत्र पठाएको छ, जुन पत्र हेरेर प्रहरी अधिकारीहरू मुखामुख गर्दै छन् । भारतीय योगगुरु रामदेवको पतञ्जली आयुर्वेदिक केन्द्रको नेपालस्थित सिंह थरका…