मनपरी तरकारी, किन बोल्दैनन् सरकारी ?
नेपालमै उत्पादित तरकारीजन्य सामग्री वितरण संयन्त्र सरकारले बनाउन नसक्दा किसान र उपभोक्ता अकल्पनीय मारमा परिरहेका छन् । कतिसम्म कमिसनखोरी र बद्मासी हुने गरेको छ भने किसानले ५/७ देखि ८/१० रुपैयाँ प्रतिकिलोमा बेच्ने तरकारीजन्य उत्पादन उपभोक्तासम्म आइपुग्दा ८०/९० देखि २ सय रूपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ ।
तराईको कुनै किसानले तरकारी फलाएपछि सबभन्दा पहिले खरिदकर्ताको रूपमा बिचौलिया नै पुग्छ । उसले सस्तो मूल्यमा तरकारी खरिद गर्दछ र अर्को बिचौलियालाई दिन्छ जसले प्रथम तहको बि…