कताकतिका कठिनाइ
आखिर लोभमा नपर्दा, प्रतीक्षा गर्दा र आफ्नो जिम्मेवारीलाई सही ढंगले निर्वाह गर्दा समयले मीठो फल दिँदो रहेछ भन्ने कुरा नेपालका कर्मचारीले बुझ्दा हुन् त अहिले बरु आन्दोलन गर्ने तर काम गरिरहेको अड्डा नछाड्ने हठ राख्ने थिएनन् होला । यति मात्र पनि मनन गरेको र इतिहास हेरेको भए हुन्थ्यो कि विष्णुदत्त उप्रेती, रामहरि अर्याल, रविन्द्रमान जोशी, अनिलकुमार पाण्डे र शशिकान्त मैनाली कसरी कालान्तरमा सचिव भएका थिए ! जबकि उनीहरु सोही ठाउँमा बसिरहेका भए एक तह बढुवाको अवसर थियो । तर त्यसमा लोभिए…