समाचार

चुनाव हाक्नेहरू त्यत्तिकै चकमन्न

हतारमा बोल्ने र फुर्सदमा पछुताउने त हाम्रो चलन नै भयो । भर्खरै हामीसाग सीमाना जोडिएको उत्तर प्रदेशलगायत पञ्जाव, गोवा, मिजोरममा स्थानीय निर्वाचन तीन महिना लगाएर नौ चरणमा सम्पन्न भयो । तर, परिणाम एकैचोटि घोषणा गरियो । पछिल्लो चुनावलाई अघिल्लो चरणको परिणामले प्रभावित पार्ने कारण त्यस्तो गरिएको हो । ०४९ सालमा काठमाडौं नगरपालिकाको मेयर पिएल सिंहले जितेपछि विजय जुलुस निकालिहाले । तर, छिमेकी नगरपालिका ललितपुरमा भने त्यसबेला मतदान चल्दै थियो । राजधानीमा कांग्रेसका उम्मेदवार…