मिल्छु भन्दै कता हो मिलिक्क ?
सबै दलसँग कार्यगत एकता गर्ने भन्दै घनीभूत सल्लाह गर्ने तर अन्त्यमा आफैं भाग्ने उपेन्द्र यादवको चरित्रबाट मधेसी नेता हायलकायल छन् । अरू मधेसी नेतालाई त फनफनी घुमाएकै थिए उनले विद्यावारिधिवाल डा. बाबुराम भट्टराईलाई समेत हत्तु खेलाइदिएका रहेछन् ।
मधेसका ६ पार्टी मिलेर राजपा गठन हुनुअगाडि नै बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको फोरम पार्टीबीच एकता गर्ने हल्ला चले । तर, यो हल्ला अन्त्यमा हल्लामै टुंगिने भएको छ । नभएका होइनन्, यो बीचमा उपेन्द्र र बाबुरामबीच स…