मध्यराती नेपाल वायुसेवा निगमको वाइडबडी विमान कम उचाइमा प्रस्थान
नेपाल वायुसेवा निगमको एउटा वाइडबडी विमान गएराति तोकिएकोभन्दा कम उचाइमा उडेको छ । जापानको नारिताका लागि उडेको उडान नम्बर आरए ४३३ को उक्त विमान राति सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे छाडेपछि तोकिएको उचाइभन्दा कममा वरपरका डाँडा नजिकैबाट गएको पुष्टि भएको छ ।
राजधानीका मुख्य बस्ती र डाँडाकाँडामा कम उचाइमा वाइडबडी विमान उडाउनुलाई निकै जोखिमपूर्ण मानिन्छ । यसअघि कोटेश्वरबाट उड्नेबित्तिक्कै ललितपुरको दक्षिणभाग र दक्षिणकालीमा १५ हजार, धादिङको छत्रे देउरा…