सिरिखुरी, अदालतले तिरिमिरी
बौद्ध, महांकाल–६ की ३४ वर्षीय भक्ति श्रेष्ठ तब झस्किइन्, जब उनका काका घर तत्काल खाली गर्न प्रहरी लिएर आइपुगे । माइतीले दिएको जग्गामा ऋण काढेर बनाएको घर खाली गर्न प्रहरीले दिएको आदेशलाई सुरुमा त उनले पत्याउनै सकिनन् । तर, जब काठमाडौं जिल्ला अदालतको फैसाला पत्र तेस्र्याउँदै काका नयन श्रेष्ठ सामुन्ने उभिए, उनी छाँगाबाट झरेझैँ भइन् ।
भेउ नपाएकी उनलाई घटनाको रहस्य बुझ्न अब उत्सुकता जाग्यो । हुर्रिंदै श्रीमान् झलककहाँ पुगिन् । तर, उनले पनि घटनाको भेउ पाउन सकेनन् । प्रहरीको गतिव…