उपत्यकाका दुई जिल्लामा भोलि आठ घण्टा बत्ती जाने
भोलि काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा दिनभरी विद्युत आपूर्ति बन्द गरिने भएको छ । नेपाली विद्युत प्राधिकरणले बिहान साढे ८ बजेदेखि दिँउसो साढे ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको हो ।
प्राधिकरणको लप्सीफेदी तथा चाँगुनारायण सबस्टेशन निर्माण आयोजनाले आज सूचना जारी गर्दै टेकू सबस्टेशन स्तरोन्नतिको काम भइरहेकाले विद्युत आपूर्ति बन्द गर्न लागेको जानकारी दिएको छ । प्रथम चरणको सबस्टेशन निर्माण कार्य सम्पन्न गर्न ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले भोलि दिनभर विद्य…