समाचार

वृद्धभत्ता बुझ्ने, जुवा खेलाउने बलराम पक्राउ

भक्तपुरमा सात जना जुवाडे जुवाको खालबाटै समातिएका छन् । मध्यपुरथिमी नगरपालिका ९, गाँखुका ७० वर्षीय बलराम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित सात जना पक्राउ परेका हुन् ।  विशेष सुराकीको आधारमा प्रहरी वृत्त थिमिबाट खटिएको टोलीले उनीहरुलाई हिजो दिउँसो नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरुको साथबाट ८६ हजार २५ रुपैयाँ नगद र तीन बुक तास पनि बरामद गरेको छ ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।  

Page 1467 of 2011