को बन्ला अबकाे मुख्यसचिव ?
प्रधानमन्त्रीबाट केपी ओली फालिएपछि बदलिँदो सत्ता समीकरणमा मुख्यसचिव सुमनराज अर्याल बन्ने संभावना देखिएको छ । कांग्रेस र एमालेसँग आ–आफ्ना उम्मेदवार थिए तर दुवै सम्मिलित सत्ता जेनजी आन्दोलनले स्वाहा बनाइदिएपछि अर्यालको दिन खुल्न लागेको स्रोत बताउँछ ।
‘यदि ओली सरकार रहिरहेको भए मुख्यसचिवमा लफडाको स्थिति थियो । ओलीले प्रमिला बज्राचार्य, कांग्रेस सभापति शेरबहादुर देउवाले विचौलिया दिपक भट्टका प्रिय गोकर्णमणि दुवाडी र कृष्णहरि पुष्करमध्येबाट बनाउन लबिङ गरिसकेक…