एमालेमा गुरु भट्टराईको अर्को अवतार
सार्वजनिक पदमा बसेर सामाजिक सञ्जालमा जथाभावी लेख्नेमा कुनैबेला अग्रपंक्तिमा थिए,एमाले कार्यकर्ता गुरु भट्टराई । केपी शर्मा ओली अघिल्लोचोटी प्रधानमन्त्री हुँदा सामाजिक सञ्जालबाट विपक्षीलाई खेद्ने मोर्चा नै सम्हालेका थिए उनले ।
त्यसवापत ओलीले उनलाई पुरस्कृत गर्दै रेल कम्पनीको महाप्रवन्धक बनाइदिए । प्रधानमन्त्रीको आशिर्वाद पाएर सार्वजनिक संस्थाको नेतृत्वमा पुगेका भट्टराई त्यसपछि पनि सम्हालिएनन् । एमाले र ओलीविरुद्ध बोल्नेमाथि सञ्जालमै झम्टिदै आक्रमणमा उत्रन्थे । नेकपाको अन्तर…