प्रचण्डसँग तिक्तता नरहेको शर्माको प्रष्टोक्ति
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो कुनै तिक्तता नरहेको दावी गरेका छन् ।
जारी केन्द्रीय समितिकाे बैठक समापनअघि विशेष समय लिएर बोलेका उनले सिर्जनात्मक विचार-विमर्शलाई ‘तिक्तता’ का रुपमा प्रचार गरिएको भन्दै असन्तुष्टिसमेत जनाए । स्थायी समिति बैठकमा आफूले फरक प्रस्ताव राखेपछि पार्टीको पक्षमा नयाँ सन्देश प्रवाह भएको शर्माको भनाई छ ।
नेतृत्व र अभिभावकको अगाडि कुरा राख्नु एउटा नेताको कर्तव्य हुने तर्क गर्दै उन…