गाेपाल किराँती माओवादीमा समाहित
गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ ।
माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र किराँतीबीच आज पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । मुलुकमा अभूतपूर्व राजनीतिक जोखिम उत्पन्न भइरहेको विश्लेषणसहित क्रान्तिकारी शक्तिबीच ध्रुवीकरण आवश्यकता देखिएको भन्दै एकतावद्ध हुनुपरेकाे सहमति पत्रमा उल्लेख छ ।
विगतमा भए गरेका वैचारिक राजनीतिक एवं सांगठानिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समीक्ष…