प्रहरी ऐन छिट्टै आउने गृहमन्त्रीको दाबी
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । ६९औँ प्रहरी दिवसका अवसर आज प्रहरी मुख्यालय, नक्सालमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री लेखकले नयाँ ऐनपछि नेपाल प्रहरीको बृहत्तर हितसँगै प्रहरी कर्मचारीको वृत्ति विकासमा फराकिलोपन आउने विश्वास लिनुभएको छ ।
उहाँले विभिन्न कालखण्डमा नेपाल प्रहरीले कर्तव्यवोधका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएकोमा प्रशंसा गर्नुभएको छ । उहाँले भन्नुभयो,…