आकाश नखुल्दा उतै अड्किए रवि
सहकारी ठगी, संगठित अपराध, कागजात किर्ते र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याइँदैछ ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिनामा मुछिएका उनलाई बयानका लागि जहाजबाट काठमाडौँ ल्याउन लागिएको हो । कास्की प्रहरीले बिहान ८ बजे नै लामिछानेलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइसकेको छ । तर, मौसम प्रतिकूलताका का…