सत्तापक्षकै नेता भन्छन्- सरकारले आँखा नखोले विद्रोह हुन्छ
सत्तारुढ नेपाली काँग्रेसको इतर खेमाका नेता भूपेन्द्रजंग शाहीले युवाहरुको भावना बुझेर सरकारले काम गर्न नसके विद्रोह हुनसक्ने चेतावनी दिएका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बेरोजगारीको विकराल अवस्थाका कारण युवाहरुमा आक्रोश रहेको र त्यसलाई नजरअन्दाज गरिए भविष्यमा ठूलो विद्रोह पैदा हुनसक्ने खतरा औंल्याए । पूर्व-पश्चिम संकल्प यात्राको निचोड सार्वजनिक गर्दै उनले सरकारलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रहसमेत गरे ।
कांग्रेससमेत संलग्न सरकारले जनअपेक्ष…