गण्डकीका मुख्यमन्त्री पदमुक्त, सर्वोच्चद्वारा विश्वासको मत असंवैधानिक ठहर
सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदर गरेको छ । सभामुखसमेतको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएको र विश्वासको मत लिएको दाबी गर्दै काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै आज न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले उक्त निर्णय सुनाएको छ ।
यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दीर्घकालीन असर पर्ने निर्णय नगर्न भनेको थियो । निवेदकको मा…