प्रधानमन्त्रीद्वारा एकै पटक तीन थरि संकेत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बालुवाटारमा सम्पादकहरुलाई तीन वटा विषय जानकारी गराउनुभएको छ । उहाँले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा व्यक्त गर्नुभएको धारणाले राजनीतिक वृत्तमा फेरि अर्को हलचल ल्याएको छ ।
प्रधानमन्त्रीले सम्पादकहरुसँगको छलफलमा सभामुखको निर्वाचनअघि पर्सि सर्वदलीय बैठक बोलाउन लागिएको जानकारी दिनुभयो । सभामुखको निर्वाचन माघ ५ गते बिहीबार तोकिएको छ । पुस १० गते एमालेसँग भएको सहमतिमा उहाँले प्रधानमन्त्री आफूले लिने र राष्ट्रपति तथा सभाम…