गगन थापालाई लक्षित गर्दै गृहमन्त्री लामिछानेले लगाए गम्भीर आरोप
गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका सांसद गगन थापालाई घुमाउरो भाषामा विदेशी एजेन्टको आरोप लगाएका छन् ।
सहकारी ठगी प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन आज संसद्को रोष्टममा उभिएका उनले कांग्रेस महामन्त्रीसमेत रहेका थापामाथि गम्भीर आक्षेप लगाएका हुन् ।
गगनको नाम नलिई लामिछानेले भने, 'दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं, संसदबाट …