सिरोहिया पक्राउबारे प्रधानमन्त्रीको प्रतिक्रिया - प्रतिशोध साँधेको होइन, सजिलै छुट्नुहुन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाप्रति सरकारको कुनै रिसइबी नभएको प्रतिक्रिया दिनुभएको छ ।
गृहमन्त्री रवि लामिछानेविरुद्ध समाचार लेखेका कारण प्रतिशोध साँधेर सिरोहियालाई पक्राउ गरिएको चर्चा भैरहँदा उहाँको यस्तो प्रतिक्रिया आएको हो । सरकारले रिसइबी साँध्यो भन्ने छ नि भन्ने प्रश्नमा प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यो गलत कुरा हो । उहाँसँग केको रिसइबी?’
सिरोहिया अदालती प्रक्रियाबाट पक्राउ परेकाले बढ्ता हो-हल्ला गर्…