उता उपसचिव,यता इन्स्पेक्टर,सलाम खाने कि राजश्व ?
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको नयाँ गठबन्धन सरकारले मुलुकको भयावह आर्थिक विश्रृंखलतालाई बेलैमा सुधार्ने वचन दिएको छ । सरकारमा सामेल सात दलको गठबन्धनले तयार पारेको साझा कार्यक्रममा पनि उक्त विषयलाई महत्व दिइएको छ ।
गत पुस ११ गते बसेको क्याबिनेटको पहिलो बैठकले पनि राजश्व चुहावट रोक्ने,आर्थिक स्रोतलाई मजबुत बनाउने सम्बन्धमा विभिन्न निर्णय गरेको छ । त्यसबारे गृह र अर्थ मन्त्रालयले आफू मातहतका निकाय तथा कार्यालयलाई आवश्यक कार्यार्थ भनेर उक्त निर्णय पठाए…