किन खस्किँदै गयो मतदानमा जनसहभागिता ?
सत्ता गठबन्धन दलहरु र एमाले गठबन्धनले जुँगाको लडाईं बनाएको आजको आमनिर्वाचनमा ५० प्रतिशत हाराहारीमा मतदान भएको छ । सोचेको भन्दा मत कम खसेको अवस्थामा त्यसको अर्थ के हुन सक्ला ?
विशेषगरी कम मतदानले नेपाली काँग्रेस,एमाले, माओवादीको राजनीतिक आकांक्षामा अंकुश लगाउन सक्ने बताइन्छ । युवा पुस्ता र मास बेस्ड पार्टीका मतदातालाई स्वतन्त्र उम्मेदवारले दखल पुर्याएका कारण परिणाम हल्का फरक पर्ने सम्भावना बढेको हो । आजको सन्दर्भमा नेपालका पछिल्ला संसदीय निर्वाचनहरूमा खसेको मत प्रतिशत र दक्…