माओवादीको चुनाव चिन्ह फेर्न सुझाव, नाम बदल्न जनार्दनको जोड
सत्तारुढ नेकपा माओवादी केन्द्रको चालु विधान अधिवेशनमा पार्टीको नाम र चुनाव चिन्ह फेर्नुपर्ने आवाज उठेको छ । प्रस्तावित विधानमाथि सुझाव पेश गर्दै अधिकांश समूहगत छलफलका सहभागीहरुले चुनाव चिन्ह फेर्नुपर्ने धारणा राखेका हुन् ।
केन्द्रीय सदस्य हिमाल शर्माले आफ्नो समूहको सुझाव पेश गर्दै पार्टीको चुनाव चिन्ह फेर्न प्रस्ताव गरे । उनले पार्टीको नाम समाजवादी पार्टी राख्न पनि समूहका केही सहभागीहरुले सुझाव दिएको बताए ।
बाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले पनि पार्…