जनयुद्धताका त्यस्तो गरियो, अहिले यस्तो छ
म २०४० सालमा कक्षा १ मा भर्ना भएको रहेछु । स्कूल नजिकै थियो । दिदीहरूसँगै गइन्थ्यो । स्कूल छुट्टीपछि आफ्नो सुरले साथीहरूसँग घर आइन्थ्यो । घरमा प्रायः बुबा हुनुहुन्थेन । ममाथि एक जना दिदी छिन् । ममुनि २ भाइ र एउटा बहिनी ! बा–आमाको हामी पाँच जना छोराछोरी । कान्छो भाइ जन्मिँदा कक्षा १ मै पढ्दै रहेछु । एक दिन वर्णमाला र बाह्रखरी सिकाउने गुरु परशुराम धितालले ब्ल्याक बोर्डमा अक्षर लेख्दै सोध्दै हुनुहुन्थ्यो । यो कक्षा १ का विद्यार्थीलाई अक्षर चिनाउने उपाय थियो । मेरो पालो आयो…