प्रारम्भिक नतिजामा सीके राउतको फराकिलो अग्रता, उपेन्द्र यादव तेस्रो
बहुचर्चित सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका डा. सीके राउतले फराकिलो अन्तरले पछाडि पारेका हुन् ।
९ सय मत गणनामा राउतले ६२९, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १६९ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ५९ मत पाएका छन् ।