कुटाकुटले बिथोलिएको अधिवेशन स्थगित गरेर नेताहरु काठमाडौँमा, प्रतिनिधि अलपत्र
नेकपा एमाले धादिङ जिल्ला कमिटीको विवाद केन्द्रसम्म आइपुगेको छ । जिल्ला अधिवेशनका दौरान दुई पक्ष कुटाकुटमा उत्रिएपछि उत्पन्न विवाद मिलाउन केन्द्रीय अध्यक्ष नै गुहार्नुपर्ने अवस्था आइलागेको हो ।
दुबै पक्षका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अहिले काठमाडौँ आइपुगेका छन् । जिल्ला अधिवेशन स्थगित गरेर बाग्मती प्रदेशका इञ्चार्ज, अध्यक्ष र जिल्ला अध्यक्षसहितका नेताहरु अपराह्न काठमाडौँ आएका हुन् ।
शुक्रबारदेखि शुरु भएको अधिवेशनको बन्दसत्रमा प्रतिनिधिको मापदण्ड र अध्यक्षमण्ड…