अध्यक्ष ओली आउने कार्यक्रमलाई काँग्रेसले बहिष्कार गर्ने
पाँचपोखरी थाङपाल गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई नेपाली काँग्रेसले बहिष्कार गर्ने भएको छ । उद्घाटनका लागि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलि भोलि पाँचपोखरी थाङपाल गाउँपालिका वडा न ६ मा आउदै हुनुहुन्छ । भवन उद्घाटन जस्तो कार्यलाई पनि राजनीतिकरण गरेको भन्दै नेपाली काँग्रेस पाँचपोखरी थाङपाल गाउँपालिका कार्यसमितिले बाहिष्कार गर्ने निर्णय गरेको बताइएको छ ।
उद्घाटन कार्यक्रमलाई राजनीतिकरण गर्दै अनावश्यक खर्च र तामझामसहित पालिकाले …