कार्यान्वयन अगावै कार्यविधि पुनः संशोधन नगर्न अनेरास्ववियुको चेतावनी
त्रिभुवन विश्वविद्यालयको शिक्षक नियुक्ति सिफारिससम्बन्धी कार्यविधि संशोधन भएर कार्यान्वयनमा नआउँदै पुनः संशोधन गर्न लागिएपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आपत्ति जनाएको छ । त्रिवि कार्यकारी परिषद्बाट ‘शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि, २०७५’ संशोधन भई कार्यान्वयनमा नआउँदै पुनः संशोधन गर्न लागिएपछि अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
त्रिविका उपकुलपति शिवलाल भुसाललाई ध्यानाकर्षण पत्र बुझाउँदै अनेरास्ववियु…