राष्ट्रपतिसँग महासचिव गुटेरेसको शिष्टाचार भेट
नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ ।
आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको बतइएको छ ।
हिजो राति नेपाल आइपुग्नुभएका महासचिव गुटेरेसले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, पूर्वप्रधानमन्त्रीद्धय शेरब…