चिनियाँ नेताको निधनले केपी ओली मर्माहत
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधनप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख ब्यक्त गर्नुभएको छ ।
खछ्याङले चुनौतीपूर्ण अबधिमा नेपाललाइ साथ दिएको उल्लेख गर्दै ओलीले उनको निधनले आफूलाई दु:ख लागेको बताउनुभएको हो । उहाँले दिवंगत खछ्याङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन र चिनियाँ जनताप्रति समवेदना प्रकट गर्नुभएको छ ।
‘पूर्वप्रधानमन्त्री ली खछ्याङको आकस्मिक निधनले गहिरो दुःख लागेको छ । मैले हाम्रा भेटहरूका सम्झनाहरू मन पराएको छु, विशेष …