प्रभु साहकी पत्नीको पद गुम्यो
रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहको पद गएको छ । निर्वाचन आयोगले आज सार्वजनिक सूचना निकालेर उनको पद रिक्त भएको जानकारी दिएको हो ।
साहले गत स्थानीय तहको निर्वाचनमा एमालेबाट चुनाव जितेकी थिइन् । तर,उनले सो पार्टी परित्याग गरी प्रभु साह नेतृत्वको आम जनता पार्टीको सदस्यता लिएको पाइएपछि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ नियम २२ को उपनियम (२) बमोजिम उनी निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ ।
सूचनामा भनिएको छ, ‘…