अति भो मध्यवर्ती क्षेत्रमा निकुञ्जको ल्याङ ल्याङ
मकवानपुरको मनहरी गाउँपालिकाको आधाभन्दा बढी भूभाग निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने र उसले काम गर्न सधैँ भाँजो हाल्ने भएपछि जनप्रतिनिधिले तनाव तनावमै कार्यकाल गुजार्नुपर्ने बाध्यता छ । ०७४ सालमा निर्वाचित एकराज उप्रेती नेतृत्वको स्थानीय सरकार होस् वा हालका सरकार प्रमुख रञ्जन कालाखेतीको नेतृत्व नै किन नहोस् ? काम गर्न पर्सा राष्ट्रिय निकुञ्जले हस्तक्षेप गर्ने गरेका कैयौँ दृष्टान्त पोख्दै माथिल्ला सरकारसँग हार गुहार जारी छ । तर, ऐन संशोधनमा भने नेता, सांसद र मन्त्रीहरूको ध्यान छैन । …