महानगर प्रमुख बालेनसँग १५ करोडबारे भोलि पुल्चोकमा छलफल
काठमाडौंको भृकुटीमण्डपमा उद्घाटित शैक्षिक मेलामाथि हस्तक्षेप गर्दै रोक लगाइएको विवादमा उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई भोलिको छलफलमा उपस्थित हुन आदेश दिएको छ । उपस्थित हुन बालेनका नाममा जारी म्याद आजै तामेल भइसकेको छ ।
मेला रोकिएको कारण १५ करोड रुपैयाँ क्षति पुगेको बताउँदै आयोजकहरुले काठमाडौं महानगरसँग क्षतिपूर्ति मागेका छन् । ७५ वटा शिक्षण संस्थाको सहभागिता रहेको उक्त मेला सबै प्रक्रिया पूरा गरेर सञ्चालन गरिएको आयोजकको दाबी छ ।…