भ्रष्टाचारविरुद्धको लडाई जितेरै छाड्ने प्रधानमन्त्रीको अठोट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रण गरेरै छाड्ने प्रतिवद्धता दोहोर्याउनु भएको छ । आज काभ्रे पुग्नुभएका प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध नयाँ लडाई शुरु गरेको बताउँदै जनताको साथ् पाए उक्त लडाई जितिने प्रतिवद्धता जनाउनुभएको हो ।
काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको शिलान्यास गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको लडाईमा जनयुद्धमा जस्तै सबैको साथ आवश्यक परेको पनि उल्लेख गर्नुभयो । विकास र समृद्धि बिना अन्यायको अन्त्य र सम…