आवास कम्पनीको महाप्रबन्धकका लागि खुला प्रतिस्पर्धा
राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धाद्धारा पदपूर्ति गरिने भएको छ ।
सहरी विकास मन्त्रालयले रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।
महाप्रबन्धकका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रको कुनै पनि संगठित संस्था वा कम्पनीमा प्रमुख वा सदस्य वा व्यवस्थापक भई कार्य गरेको अनुभव हुनुपर्न…