महानगरको डोजरलाई बूढानीलकण्ठ प्रवेशमा रोक
काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलको टोली डोजर लिएर कपन खोलामाथि बिछइएको स्ल्याब हटाउन पुगेपछि अवस्था तनावग्रस्त भएको छ । महानगरको वडा नम्बर ६ र ७ तथा बूढानीलकण्ठ नगरपालिकाको १० नम्बर वडामा रहेको कपन साततले, धोबीखोला जाने खहरे खोलाको निकास सुचारुका लागि पुगेको महानगर टोली र स्थानीयबीच घम्साघम्सी भएको बताइन्छ ।
बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीसहित झण्डै पाँच सय स्थानीयले ‘डोजर लगाउन पाइँदैन’ भन्दै विरोध जनाएका छन् । डोजर अगाडि बसेर उनीहरुले …