बञ्चरेडाँडाँका स्थानीयमाथि प्रहरी दमनपछि फोहोर विसर्जन शुरु
सरकारले प्रहरी दमनसँगै नुवाकोटको बञ्चरेडाँडामा राजधानी काठमाडौंको फोहोर व्यवस्थापन थालेको छ ।
नुवाकोटको ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधिले आज पनि फोहोर बोकेका गाडीलाई सडकमै अवरोध गरेपछि व्यापक प्रहरी परिचालन गरिएको हो । सहरी विकास मन्त्रालयमा अस्ति भएको मौखिक सहमतिको पालना नभएकाले प्रहरी लगाउनुपरेको सरकारी अधिकारीहरुको भनाई छ ।
आज सरकारले जबर्जस्ती फोहोर फाले पनि भोलिदेखि स्थानीय बासिन्दाले हजारौंको संख्यामा उपस्थित भएर अवरोध कायम राख्ने बताएका छन् । ग…