झण्डै सय किलो सुन यसरी आइपुग्यो विमानस्थल बाहिर
मंगलबार राति हङकङबाट क्याथे प्यसिफिकको उडानमा ल्याइएको कार्गोभित्र सुन रहेको सूचना हिजो बिहान मात्र सार्वजनिक हुन सक्यो । रातभर उक्त कार्गोबारे न भन्सार कार्यालय,न राजश्व न त प्रहरीले नै केही बताए ।
हालसम्मको प्रारम्भिक छानबिनअनुसार गाडी र स्कुटरको ब्रेक सुको खोलभित्र राखेर ल्याइएको एक सय केजी सुन काठमाडौं न्यूरोडका ब्यापारी दयाको हुनसक्ने आशंका प्रहरीको छ । दयाको पूरा विवरण खुलाइएको छैन ।
उक्त सुन सम्भवतः बैंकक,हङकङ,सिंगापुर र मलेसिया भिजिट भीसामा घुम्न गएका व्यक्तिला…