बिश्व

युक्रेनमा दुई पत्रकार मारिए

रुस-युक्रेन युद्धमा अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स न्युज च्यानलले जनाएको छ । मारिनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेक्सान्द्रा सशा कुभस्यानोभा छन् । युक्रेनी नागरिक कुभस्यानोभा फक्स न्युजका लागि सल्लाहकारका रुपमा काम गर्थिन् । हमलामा फक्स न्युजकै संवाददाता बेन्जामिन हल घाइते भएका छन् । गम्भीर घाइते हलको उपचार भइरहेको छ । मारिनेमध्ये प…

Page 17 of 22