राप्रपापछि एमालेका किसानको माग : मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता गरियोस्
नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ सुर्खेतले रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै महासंघले यस्तो माग राखेको हो । अध्यक्ष विनोदकुमार गिरीले सरकारको तर्फबाट किसान र कृषि क्षेत्रका लागि दिदैँ आएको एक मात्र अनुदान कटौती गर्ने अत्यन्त असंवेदनशील र गैरजिम्मेवारी निर्णय अविलम्ब फिर्ता लिनुपर्ने बताएका छन् ।
खेतीको समयमा प्रायः मलको अभाव खेपिरहेका किसानलाई अझ समस्यामा ध…