झण्डै डेढ सय सैन्य अधिकृतको बढुवा, उडाउनेको जिम्मेवारी हेरफेर
नेपाली सेनाका केही अधिकृतको सरुवा र झण्डै डेढ सय जनाको बढुवा भएको छ । अस्ति शुक्रबारका दिन २० जना प्रमुख सेनानी र सेनानीको सरुवा गरिएको छ । सोही दिन १३७ जना बढुवा भएका छन् ।
प्राप्त विवरणअनुसार सैनिक हवाई सेवाका प्राविधिक प्रमुुख सेनानी कृष्णप्रसाद फुयाललाई हवाई प्राविधिक सेवाको हवाई सामग्री भण्डारण तथा व्यवस्थापन शाखामा सरुवा गरिएको छ । सेनानी कुमार खड्कालाई पश्चिम एअरबेशबाट भैरवनाथ गण र उत्तर पश्चिम पृतना हेडक्वार्टरका सेनानी पुकार शाहलाई पश्चिम एअरबे…