दमकल नछिर्ने गल्लीमा अब ‘ड्राइराइजर’
काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइराइजर’ जडान गर्न थालेको छ ।
महानगरको विपद् व्यवस्थापन विभागले वडा कार्यालयसँगको साझेदारीमा ड्राइराइजर जडान गर्न लागेको हो । पहिलो चरणमा वडा नम्बरको ३ को सुरुङ गल्लीमा ८२ मिटर पाइप जडान गरिएको छ ।
यस्तै, वडा नम्बर ७ को कुटी गल्लीमा २०७ मिटर, वडा नम्बर ६ को संगम टोलमा २२८.२० मिटरसहित वडा नम्बर १० का पाँच वटा गल्लीमा पनि उक्त प्रणाली जडान गरिएको छ । जसअनुसा…