हनी ट्र्याप जताततै,लाहुरेलाई हैरानी,प्रहरीको बदनामी
-अञ्जनकुमार
मध्यराती कारागारबाट कैदीहरु भागेपछि सुरक्षामा खटिएका प्रहरीले जागिरबाट हात धुनुपर्ने अवस्था आएको थियो । तर,कारबाहीको अन्तिममा प्रदेश प्रहरी प्रमुखको अनुरोधपछि प्रहरी मुख्यालयले वरिष्ठ प्रहरी नायव निरीक्षकसहितको टोलीलाई सचेत गराएर छाडेको छ ।
प्रहरी हेडक्वार्टरले जिल्ला कारागार, लमजुङको सुरक्षामा खटिएका वरिष्ठ प्रहरी नायव निरीक्षक मोहनसिंह चेबेसहितको टोलीलाई निलम्बन र कारबाहीको लागि पत्र पठाउन ताकेता गरेको थियो । तर,गण्डकी प्रदेशका प्रहरी प्रमुख बुद्धिब…